Logo

छिमेकी मुलुकहरुको हेपाहा प्रवृत्तिविरुद्ध सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा पूर्वराज्यमन्त्री खड्काको जोड



काठमाडौं ३१ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री दिपक खड्काले विश्व कोरोनाभाइरसको महामारीसँग जुधिरहेकै बेला भारतले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गरेको भन्दै आपत्ति जनाएका छन् ।

भातरले नेपाली भूभाग लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक विस्तार गरेपछि नेपालमा यसको चौतर्फी विरोध भइरहेको छ।

पूर्वराज्यमन्त्री खड्काले एक विज्ञप्ति जारी गर्दै भारतको यस किसिमको कूकार्यले नेपाल र नेपालीलाई मर्माहीत तुल्याएको उल्लेख गरेका छन् । उनले छिमेकी मुलुकहरुद्धारा गरिएको दुस्कृत्यको बिरोध गर्न आम राष्ट्रभक्त नेपालीहरु एक हुनुपर्नेमा जोड दिएका छन् ।

उनले छिमेकी मुलुकहरुद्वारा गरिएको यस प्रकारको घृणीत र हेपाहा प्रवृत्तिका कार्य तत्काल बन्द गरी नेपालको राष्ट्रिय अखण्डताको कदर तत्काल गल्ती सच्याउन समेत आग्रह गरेका छन् ।

उनले उतारबाट छिमेकी मित्र राष्ट्र चीनसँग सीमाना जोडिएको हुँदा समस्याहरु नआउने गरी सीमा सुरक्षा सम्बन्धी स्पष्ट कार्य योजना तयार गर्ने सरकारसमक्ष माग राखेका छन् ।File Photo 



प्रतिक्रिया दिनुहोस्