Logo

मंगलदोष हटाउने उपाय



यदि मंगल ग्रह कुंडलीको १, ४, ७, ८ र १२ औं घरमा रहेको छ भने मंगल दोष ठहरिन्छ । यसको कारण श्रीमान् र श्रीमतीको बीचचमा खटपट रहन्छ । जीवन साथीको स्वास्थ्य प्रभावित हुन्छ ।

समाधानका उपाय

  • रातो कपडामा सौफ (खानापछि खाने सुप) बाँधेर आफ्नो ओछ्यानमा राख्नु पर्दछ ।
  • यस्तो व्यक्तिले आफ्नो घर बनाउदा रातो पत्थर अवश्य राख्नुपर्छ ।
  • आफ्ना भाई बन्धुहरुलाई मंगलवार मिठाइ खुवाउनुपर्छ ।
  • रातो कपडामा एकमुठी मुसुरोको दाल बाधेर मंगलवारको दिन भिकारीलाई दान गर्नुपर्छ ।
  • मंगलवारको दिन हनुमानको चरणको सिन्द्ुरको टिका लगाउनु पर्छ ।
  • मंगलबारको दिन बादरलाई चना वा गुण खुवाउनु पर्दछ ।
  • आफ्नो घरमा रातो फुल लगाएर उसको हेरविचार गर्नु पर्दछ ।
  • मंगलको दुष्प्रभाव निवारणको लागि मृगशिरा, चित्रा र धनिष्ठा शुभ हुन्छन् ।


प्रतिक्रिया दिनुहोस्

Screenshot