Logo

दुई प्रतिशत ब्याज घटाउने बैंकहरुको निर्णय



काठमाडौं, ३१ वैशाख । नेपाल बैंकर्स संघले चालु आर्थिक वर्षको बैंकको चौथो त्रैमासिकको ब्याज २ प्रतिशत घटाउने निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

संघको बुधबार बसेको पूर्ण बैठकले राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

दाहालले भने, “बैंकर्स संघले वैशाखबाट निक्षेपको ब्याज घटाएर जेठबाट कर्जाको ब्याज घटाउने निर्णय गरेर अघि बढिसकेको अवस्थामा आएको राष्ट्र बैंकको निर्देशन हामीले पालना गर्ने भएका छौं ।” दाहालले अनपेक्षित रूपमा २ प्रतिशत बिन्दुले ब्याजदर घटाउन निर्देशन आएको दाबी गरे । दाहालको भनाइ छ, “राष्ट्र बैंकले त्यस्तो निर्देशन नदिएको भए हुन्थ्यो तर दिइहाल्यो । निर्देशन नमान्ने त कुरै हुँदैन ।”

यसअघि राष्ट्र बैंकको उक्त निर्देशनसँगै बैंकरहरूले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर उक्त निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot