Logo

भारतमा भ्यान्टिलेटर किन्न २० अर्ब र खोप विकासमा एक अर्ब भारुको घोषणा



एजेन्सी, ३१ वैशाख । भारतले कोरोना भाइरस रोकथामका लागि अरबौं बजेट छुट्याएको छ । मंगलबार दोस्रो चरणको विशेष राहत प्याकेज घोषणा भएपछि साँझ विज्ञप्तिमार्फत २० अर्ब भारु भ्यान्टिलेटर खरिदमा र एक अर्ब भारु खोपको विकासका लागि खर्चिने जनाइएको हो ।

भारतको प्रधानमन्त्री कार्यालयले आज विज्ञप्तिमार्फत् पीएम केयरस नाम दिइएको राहत र आपतकालिन सहयोगमा कुल ३१ अर्ब भारु छुट्याइएको उल्लेख छ । जसमध्ये भ्यान्टिलेटर खरिद र खोपको विकासका लागि ठुलो धनराशी छुट्याइएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विहान २० लाख करोड भारुको आर्थिक प्याकेज घोषणा गरेका थिए । जुन गत वर्ष भारतको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत रकम हुनआउने इन्डियन एक्सप्रेसले जनाएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट २४ सयभन्दा बढीको ज्यान गइसकेको छ । ७४ हजारभन्दा बढी मानिस संक्रमित भइसकेकाले मानिसहरुको जीवन जोगाउन भ्यान्टिलेटर खरिदमा ठुलो धनराशी लगानी गर्न लागेको हो । यसैगरी, भारतले खोपको विकासमा पनि ठुलो धनराशी खर्चिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot