Logo

प्रधानमन्त्री ओलीले झुठो बोले, तत्काल माफी माग्नुपर्छ : डा. लोहनी



काठमाडौं, ३१ वैशाख । राप्रपाका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतालाई ढाँटेको भन्दै तत्काल माफी माग्नुपर्ने बताएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लोहनीले भारतले लिपुलेकमा सडक बनाएको छ भनेर आफूलाई थाहा नभएको भनेर दिएको अभिव्यक्ति झुठा भएकोले तत्काल जनतासामू माफी माग्नुपर्ने बताएका हुन् । File Photo



प्रतिक्रिया दिनुहोस्