Logo

लकडाउन झन कडा, कुन कुन सवारीलाई पास चाहिंदैन (सुचीसहित)



काठमाडौं, ३१ वैशाख । अब लकडाउन झन कडा हुनेभएको छ । लकडाउनका बखत घर बाहिर निस्कन र सवारी साधन सञ्चालन गर्न कडाई गरिने भएको छ ।

सरकारले जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयबाट जारी हुने पासमा कडाई गरेको छ । यसअघि जारी गरिएका पास सबै रद्द गरिएका छन् । १ जेठबाट लागु हुने गरी पुराना पास सबै रद्द भएका छन् ।

पास विना पनि निश्चित व्यक्ति र सवारी साधनले विना रोकटोक आवागमन गर्न पाउनेछन् ।

  • एम्बुलेन्स, शवबाहन र दमकललाई पास आवश्यक पर्दैन ।
  • यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरुलाई पास पर्दैन
  • प्रेस काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु ।
  • स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु,
  • औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु ।
  • खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति ।
  • फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति ।
  • ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
  • अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु
  • यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ ।

यसैगरी, नयाँ पास लिन परिस्थिति हेरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मात्र नभई कतिपय अवस्थामा गृह मन्त्रालयको समेत अनुमति लिनुपर्नेछ ।

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने भएको छ ।

लकडाउनमा पास नचाहिने सवारी साधन

लकडाउनमा सवारी साधन सञ्चालनको नियम



प्रतिक्रिया दिनुहोस्