Logo

कोरोना सङ्कटसँग सामना गर्ने बजेट ल्याउन अर्थविद्को सुुझाव



काठमाडौँ, १ जेठ । कोरोना कहर बीचमा आउने आगामी बजेट रोग, भोक र शोकसँंग लड्न सक्ने हुनुपर्ने सुुझाव गरिएको छ । कोरोना नियन्त्रणपछि पूरक बजेट ल्याएर विकास निर्माण, उत्पादन तथा उत्पादकत्व र रोजगारी सिर्जना गर्ने अर्थविद्हरूको सुुझाव छ ।

अनुत्पादक क्षेत्रको खर्च कटौती, विलासिताका वस्तु खरिदमा पूर्ण रोक, संसद् विकास कोषलाई निरुत्साहन गर्न पनि सुुझाव गरिएको छ । नेपाल आर्थिक सङ्घका अध्यक्ष प्रा. डा विश्वम्भर प्याकुरेलले अहिले जनताको जीवन रक्षालाई बढी प्राथमिकता दिई बजेट ल्याउन सुुझाव दिएका छन् । बन्दाबन्दी लामो हुुँदा अर्थतन्त्र केही घट्न सक्ने तर खोल्न हतार गर्दा शून्यमा नै पुग्ने भएकाले हालको अवस्थालाई विचार गर्नुपर्ने उनको भनाइ छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्