Logo

कोरोनाविरुद्ध भ्याक्सिनको विकास गरिरहेका संस्थामाथि चीनसँग जोडिएका ह्याकरको तारो



एजेन्सी, १ जेठ । कोरोना भाइरससम्बन्धी रिसर्च गरिरहेका संस्थाहरुमाथि चीनबाट ह्याकरको आक्रमण बढेको छ । अमेरिकाले कोभिड-१९ महामारीसम्बन्धी अध्ययन अनुसन्धान गरिरहेका संस्थाहरुमाथि चीनसँग सम्बन्ध भएका ह्याकरबाट आक्रमण भइरहेको जनाएको छ । ती संस्थाहरु भ्याक्सिनको विकासमा लागेका हुन् ।

अमेरिकी अधिकारीलाई उदृत गर्दै बीबीसीले ह्याकरहरु चीनसँग सम्बन्धित रहेको उल्लेख गरेको छ । एफबीआईले कोरोना भाइरसविरुद्ध भ्याक्सिन विकास गरिरहेका संस्थाहरु तारोमा परेको बताएको छ ।

कोरोना भाइरसको विषयले अमेरिका र चीनबीच शितयुद्धको अवस्था छ । दुवै देश एकले अर्कालाई आरोप प्रत्यारोप गर्दै आएका छन् । दुवै देश भ्याक्सिन विकासको प्रतिष्पर्धाम छन् ।

अमेरिकामा धेरै कम्पनिहरु भ्याक्सिनको विकासमा सक्रिय छन् । रिसर्च सम्बद्ध संस्थाहरु पनि दर्जनौं यसमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्