Logo

ढोका बन्द गरेर झ्याल खुला राख्दा उपत्यकामा कोरोना संक्रमण



काठमाडौं, जेठ १ । मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौंमा एक जना संक्रमित फेला परे । ती तीनैजना लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखियो ।

उनीहरु कसरी संक्रमित भए भन्ने अझै यकिन हुन सकेको छैन । तर यो घटनाले काठमाडौं उपत्यकाबाहिर समूदायमै संक्रमण फैलिएको हुनसक्ने आधारलाई बलियो बनाइदिएको छ ।

पछिल्ला संक्रमितको यात्रा विवरणले संक्रमित क्षेत्रबाट राजधानी प्रवेश गरेका व्यक्तिहरुको परीक्षण र उनीहरुको सम्पर्कमा आएकालाई कन्ट्याक्ट ट्रेसिङ व्यापक गर्नुपर्ने देखिएको छ ।

लकडाउनको ५२ दिन आइपुग्दा हामी चैत १० गतेभन्दा पनि गम्भीर र जटिल मोडमा आइपुगेको हो ।जनस्वास्थ्यविद् दिनेश न्यौपानेका अनुसार ‘हामीले बाहिरबाट संक्रमण भित्रन्छ भनेर ढोका थुन्न खोज्दाखोज्दै झ्यालबाट प्रवेश गरिसकेको पत्तो पाएनौं ।

उनले सीमा बन्द गर्दा चोरबाटो हुँदै प्रवेश गर्नेको संख्या बढेको सुनिएको भन्दै यसले थप जोखिम बढाउने चेतावनी दिएको आजको कान्तिपुर दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्