Logo

पूर्वराजा ज्ञानेन्द्रलाई सुरक्षाकर्मी फिर्ता गर्न रायमाझाीको आग्रह, प्रचण्डलाई यसो भने (भिडिओसहित)



काठमाडौं, १ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफूले अहिलेसम्म एक जना पिएसो राखेको र धेरै सुरक्षाकर्मी नराखेको स्पष्ट पारेका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले यस्तो बताएका हुन् ।

उनले भने-“मलाई धेरै सुरक्षाकर्मी राख्ने चाहना भएन् । राष्टलाई धेरै फजुल खर्च गराउन मन लागेन । राष्टलाई धेरै बोझ हुन्छ भनेर मैले लिईन् । जनताको सुरक्षापनि गर्नुपर्यो ।” उनले कतिपय नेताहरुले आफ्नो सुरक्षाकर्मी अलिक कम लिँदा हुने सुझाव दिएका छन् । उनले भने-“जसरी नेताहरुले सुरक्षाकर्मीहरु राखिरहनुभएको छ । त्यो न्यूनिकरण गर्नुपर्छ । उनले आजको दिनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सय जना सुरक्षाकर्मी आवश्यक नभएको जिकिर गरे । उनले भने, त्यो जनतामा विश्वास नभएर हो ।”

अनि तपाईको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ५० जना सुरक्षाकर्मी चाहिन्छ र ? भनेर सोधेको प्रश्नमा रायमाझीले भने-“उहाँले कति राख्नुभएको छ, मलाई थाहा छैन् । तर, त्यो घटाउँदा राम्रो हुनछ । म पनि नेता हुँ नि । मैले एक जना पिएसो लिएर हिँडेको छु । त्यो पनि अहिले छैन् । हाम्रा नेताहरु असुरक्षित छैनन् । नेता सुरक्षित नै छन् ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot