Logo

लकडाउन थप कडा बनाउने तयारी, यसो भन्छन् डिआईजी पोखरेल (भिडिओसहित)



काठमाडौं, १ जेठ । महानगरीय प्रहरी प्रमुख डिआईजी विश्वराज पोखरेलले लकडाउन थप कडाई गर्ने बताएका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डिआईजी पोखरेलले यस्तो बताएका हुन् । उनले लकडाउनको परिवर्तित स्वरुपमा सुरक्षाकर्मीहरुमाथि धेरै चूनौति बढेको पनि सुनाए । अहिले लकडाउनकै अवधिमा मुलुक भएकोले यस्तो अवस्थामा लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले पक्राउ गर्नुपरेको उनको भनाई छ ।

उनले भनेका छन्-“हिजो लकडाउन सफल बनाउन हामी केन्द्रित थियौं । अब जोखिम बढे । सडकमा दैनिक विरोध प्रदर्शन भैरहेका छन् । मसाल जुलुश निक्लिरहेका छन् । उता, अपराधका घट्ना पनि बढेका छन् । हिजोभन्दा हामी आज धेरै जोखिममा र चूनौतिमा छौं । अपराधमा संलग्न व्यक्तिहरु देखिन थालेका छन् । तिनीहरुलाई पक्राउ गर्नुपर्ने छ । अदालतमा पुर्याउँदा परीक्षण गर्नुपर्नेछ । अनुशन्धानमा धेरै कठिनाई छ ।”



प्रतिक्रिया दिनुहोस्