Logo

नायिका सुस्मिता श्रेष्ठ लकडाउनमा मानव सेवामा



काठमाडौं, १ जेठ । नायिका सुस्मिता श्रेष्ठ यतिबेला इटहरीमा छिन् । लकडाउन अघि नै इटहरी पुगेकी उनी त्यता रहँदा पनि मानव सेवामा सक्रिय छिन् ।

कोरोना भाइरसको महामारीका कारण लकडाउनले दैनिक गुजारा गरी खानेलाई समस्या भइरहेको अवस्थामा उनले पनि दैनिक उपभोग्य सामाग्री र लत्ताकपडा सहयोग गरेकी छिन् । दृष्टिविहिन ३० जना परिवारका लागि पनि सुस्मिताले खाद्यान्न सहयोग गरेकी छिन् ।

सुस्मिताले पछिल्लो समय व्यायाम र कलाको अभ्यासमा समय बिताइरहेको बताएकी छिन् । समाज सेवा पनि छाडेकी छैनन् । उनले भनिन्, ‘लकडाउनमा भौतिक दुरी कायम गरेर दैनिक गुजारा गर्दै आएकाले बेला बेलामा सहयोग गर्दै आएकी छु ।’



प्रतिक्रिया दिनुहोस्