Logo

नागरिक ल्याउन पश्चिम बङ्गालद्वारा एक सय ०५ विषेश रेलको व्यवस्था



१ जेठ : भारतको पश्चिम बङ्गाल राज्यले अन्य देशबाट आफ्नो प्रदेशमा आउन चाहने नागरिकलाई ल्याउनका लागि १०५ वटा विषेश रेलको व्यवस्था गरेको छ ।

राज्यका मुख्यमन्त्री ममता बनर्जीले बिहीबार थप १०५ ओटा विषेश रेलको व्यवस्था गरिएको घोषणा गर्नुभएको हो ।

लकडाउनका कारण अलपत्र परेका, पश्चिम बङ्गाल राज्यमा आउनैपर्ने अवस्थामा रहेका नागरिकहरुलाई ल्याउनका लागि ती रेलहरुको व्यवस्था गरिएको हो ।

“हाम्रा नागरिकलाई सहयोग गर्ने हाम्रो जिम्मेवारी अनुसार हामीले राज्यभन्दा बाहिर रहेका व्यक्तिहरुलाई आउनका लागि विषेश रेलहरुको व्यवस्था गरेका हौँ,” उहाँले भन्नुभयो ।

आउन चाहने सवैलाई पुग्नेगरी १०५ वटा रेलको व्यवस्था गरिएको पनि उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत् जानकारी दिनुभएको छ ।

उहाँले देशका विभिन्न ठाउँमा आउन चाहनेहरुको संख्याका आधारमा ती विषेश रेलहरु पठाइने बताउनुभयो ।रासस File photo



प्रतिक्रिया दिनुहोस्