Logo

गृह मन्त्रालयद्वारा एउटै जिल्लाभित्रको पास समेत रद्द 



काठमाडौँ, १ जेठ : जिल्लाकै एउटा स्थानबाट अर्काे स्थानमा जानसमेत नपाइने भएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले एउटा जिल्लाभित्र सवारी सञ्चालन गर्न पाउने गरी जारी गरेको सवारी पास रद्द गर्ने निर्णय गरेको हो ।

कुनै पनि व्यक्तिलाई अत्यावश्यक कामका लागि बाहिर निस्कनुपरेमा नजिकैका प्रहरीलाई सम्पर्क गर्न सकिने गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताउनुभयो । मन्त्रालयले आजबाट एउटा जिल्लाबाट अर्काे जिल्लामा प्रवेश गर्न रोक लगाएको छ । मन्त्रालयमा आज नै उपत्यकाका नगरपालिकाका प्रमुखहरुसँग अहिलेको अवस्थामा स्थानीय तहको भूमिकाका सम्बन्धमा छलफल गरिएको थियो । रासस File Photo



प्रतिक्रिया दिनुहोस्