Logo

रुना झासहित छ डाक्टरलाई विवादमा पारेको नेपालका प्रथम कोरोना भाइरस संक्रमितबारेको जर्नल आर्टिकल



रिपोर्टर्स नेपाल, १ जेठ । १० फेब्रुअरी सन् २०२० मा प्रकाशित एउटा जर्नल आर्टिकलले कोरोना भाइरसको अध्ययन अनुसन्धानका अलावा उपचारमा संलग्न नेपाली वैज्ञानिक र चिकित्सकहरुको समूहलाई समस्यामा पारेको छ । द लान्सेट जर्नलमा प्रकाशित लेखले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झासहित छ जनालाई समस्यामा पारेके हो ।

‘द फष्ट २०१९ नोभल कोरोना भाइरस केस इन नेपाल’ शिर्षकको यो लेख अनुप बास्तोला, रञ्जित शाह, अलफोनसो जे रोड्रिगेज मोरलेस, विवेक कुमार लाल, रुना झा, हेमन्त चन्द ओझा, विकेश श्रेष्ठ, डानिलय के डब्लु चु, लिओ एल एम पुन, एन्थोनी कोस्टेलो, कुइची मोरिता र बासु देव पाण्डेसहित १२ जनाको नाममा प्रकाशित छ ।

कोरोना भाइरस जस्तो संवेदनशील रोगका नेपालका पहिलो संक्रमित ३२ वर्षीय युवकको भाइरस जेनेटिक विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको पत्ता लागेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झासहित छ जनासँग स्वास्थ्य अनुसन्धान परिषदले स्पष्टिकरण मागेको छ । डा. रुना झालाई विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्धको लडाईंमा अग्रिम पंक्तिमा रहेकी महिलाको सुचीमा हालै राखेको थियो । पछिल्लो घटनाले उनको साख गिराएको छ ।

डा. झासँगै लेखमा नाम भएकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. रञ्जित शाह र हेमन्त चन्द्र ओझा, इपियोडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे, महाशाखाका पूर्व निर्देशक डा. विवेकलाल कर्ण र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला समेत विवादमा परेका छन् । उनीहरुलाई २९ वैशाखमा एक साताभित्र स्पष्टिकरण दिन पत्र लेखिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद ऐन २०४७ अनुसार मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषदको पूर्व स्वीकृती अनिवार्य व्यवस्था गरिएको छ । तर, छ जनाले स्वीकृती नलिई अनुसन्धान कार्य गरी लेख प्रकाशित गरेका थिए ।

रुना झासहित छ डाक्टरलाई विवादमा पारेको नेपालका प्रथम कोरोना भाइरस संक्रमितबारेको जर्नल आर्टिकल

के छ लेखमा
विवादमा परेको २ पेज लामो लेखमा अनुसन्धानमा केन्द्रित व्यक्ति र क्षेत्र नेपाल छ । १३ जनवरी सन् २०२० मा कोरोना भाइरसका संक्रमित फेला परेका ३२ वर्षीय नेपाली विद्यार्थीमाथि अनुसन्धान केन्द्रित छ । उनी वुआनस्थित वुआन युनिभर्सिी अफ टेक्नोलोजीमा रोगको कुनै पुरानो इतिहास नभएको अवस्थामा फर्किएको उल्लेख छ । उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोकी लागेको अवस्थामा पुगेको भनिएको छ । उनी ३ जनवरीमा विरामी भएको अवस्थामा आउँदा नेपाल आइपुगेको छ दिन भएको थियो ।

रुना झासहित छ डाक्टरलाई विवादमा पारेको नेपालका प्रथम कोरोना भाइरस संक्रमितबारेको जर्नल आर्टिकल

उनको पिसिआर टेष्ट हङकङस्थित प्रयोगशालामा पठाइँदा कोभिड १९ पत्ता लागेको थियो । उनी अस्पताल भर्ना हुँदा ९९ डिग्री फरेनआइटको तापक्रम थियो । घाँटीमा केही असजिलो अनुभव गर्दथे तर कुनै अन्य लक्षणहरु थिएन ।

ती युवकलाई आइशोलेशनमा राखेर उपचार गरिएको र छ घन्टापछि स्वास प्रश्वासको सामान्य समस्या आएको थियो । अस्पतालमा राखिंदा नियमित निगरानीमा राखिएको र १६ जनवरीमा डिस्चार्ज गरी घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको जर्नल आर्टिकलमा उल्लेख छ ।

अन्य विरामीको तुलनामा भन्दा ती युवक १३ दिनमै नीको भई घर फर्किएको विषय उल्लेख गरिएको छ । नीको भएका अन्य विरामीको समेत तुलना गरी लेखमा उल्लेख गरिएको छ । युवकमा ज्वरो र खोकी मुख्य लक्षण देखिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्