Logo

तामाकोशी जलविद्युत आयोजनाबाट असारबाट विद्युत उत्पादन, नेपाल विद्युतमा आत्मनिर्भर बन्दै



काठमाडौं, १ जेठ । निर्माण शुरु भएको ९ वर्षपछि तामाकोशी जलविद्युत आयोजनाको निर्माण सम्पन्न हुन लागेको छ । निर्माण अन्तिम चरणमा पुगेकाले आगामी असारबाट विद्युत उत्पादन हुने जनाइएको छ ।

दोलखा जिल्लामा अवस्थित तामाकोशी नदीको पानीबाट विद्युत निकाल्ने योजनासहित निर्माण भएको जलविद्युतको क्षमता ४५६ मेगावाट रहेको छ । २०६८ सालमा निर्माण शुरु भएको आयोजना २०७७ मा बल्ल सम्पन्न हुनलागेको हो ।

महाभुकम्पका कारण निर्माण दुई वर्ष पछि धकेलिएको थियो । यो आयोजना सम्पन्न भई पूर्ण क्षमतामा विद्युत उत्पादन भएपछि नेपाल विद्युतमा आत्मनिर्भर बन्नेछ ।

रन अफ द रिभर अन्र्तगत आयोजना निर्माण गरिएको हो । नेपाल विद्युत प्राधिकरणले तामाकोशी जलविद्युत लिमिटेड नाम दिई स्वायत्त कम्पनि खडा गरी यसको निर्माण अगाडि बढाएको थियो । यसमा सर्वसाधारणको ५१ प्रतिशत शेयर रहेको छ । बाँकी शेयर प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय विमान संस्थाको शेयर रहेको छ ।



प्रतिक्रिया दिनुहोस्