Logo

कोरोना अपडेटः विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख नाघ्यो



काठमाडौं, जेठ २ । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुुमाउनेको संख्या तीन लाख तीन हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख तीन हजार ६५ पुगेको छ।

त्यस्तै ४५ लाख २० हजार ६ सय ८६ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर १७ लाख एक हजार नौ सय ८५ जना कोरोना भाइरस मुक्त भइसकेका तथ्याङकले देखाउन्छ ।



प्रतिक्रिया दिनुहोस्