Logo

कोरोना संक्रमित बालिकाको सम्पर्कमा आएका ९६ जनाको रिपोर्ट नेगेटिभ



कैलाली, जेठ २ । बर्दियाकी कोरोना संक्रमित ११ बषीय बालिकाको सम्पर्कमा आएका ९६ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

परिक्षण गरिएकाहरु सबै कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ८ मजगाउँका वासिन्दा रहेका छन् । मजगाउँबाटै थप ३८ जनाको समेत थ्रोट स्वाबको नमुना संकलन गरिएकोमा परीक्षण भने बाँकी रहेको छ।

कैलालीको गोदावरी नगरपालिकामा एक महिना भन्दा लामो समय र भजनी नगरपालिकामा एक हप्ता बसेर ती बालिका बर्दिया फर्किएकी थिईन्। उनमा गत सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्