Logo

आफै गाडी चलाउँदै काठमाडौं फर्कदैछन् पूर्व राजा ज्ञानेन्द्र शाह



काठमाडौं, २ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाह आफै गाडी चलाएर काठमाडौं फर्किइरहेका छन् । उनी अहिले कोशी नदी तरेको सँगै आइरहेका एकजना निकटस्थले रिपोर्टर्स नेपाललाई जानकारी दिएका छन् ।

निकटस्थका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाहले बर्दिवाससम्म आफै गाडी हाँकिरहेका छन् । वीपी राजमार्ग शुरु भएपछि उनका चालकले चलाउनेछन् । पूर्व राजा पत्नी कोमल शाहसहित झापामा फर्किइरहेका हुन् ।

पूर्व राजा शाह वीपी राजमार्ग हुँदै काठमाडौं आइपुग्ने तय भएको छ । उनी आउँदै गर्दा साथमा सुरक्षाकर्मी पनि फर्किइरेका छन् ।

यसअघि सरकारले पास रद्द गर्ने निर्णय गरेपछि शाहले हिजो पासका लागि निवेदन दिएका थिए । झापाका प्रमुख जिल्ला अधिकारीले पास दिन नमिल्ने भएपछि गृह मन्त्रालय पठाइएको थियो । मन्त्रालयबाट उनले पास पाएका थिए ।

पूर्व राजाले काठमाडौं फर्कन पास नपाएको विषय बाहिर आएपछि सर्वत्र चर्चाको विषय बनेको थियो ।-File Photo Source: AP Binod Joshi



प्रतिक्रिया दिनुहोस्

Screenshot