Logo

लकडाउनले अर्थका हाकिमहरुलाई हाइसञ्चो



काठमाडौं, २ जेठ । बजेट बनाउने बेलामा अर्थ मन्त्रालयमा प्रहरी खटाएर गेटमै रोक्नुपर्ने, बजेट महाशाखाको गेटमा तीनजना प्रहरी लगाएर रोक्नुपर्ने । कोही चोरबाटो हुँदै शाखामा फुत्त पुगेर हैरान गर्ने । यसपाली अर्थ मन्त्रालयका कर्मचारीलाई हाइसञ्चो भएको छ ।

कोरोना भाइरसका कारण लकडाउन हुँदा जिल्ला जिल्लाबाट सांसद, हारेका सांसद, प्रदेश सांसद, हारेका प्रदेश सांसद, मेयर, उपमेयर, वडाध्यक्ष हुँदै वडा सदस्यले सम्म हैरान पार्थे । विकास बजेटको प्राथमिकता नै चयन गर्न मुश्किल हुन्थ्यो । तर, लकडाउनले अर्थका कर्मचारलाई हाइसञ्चो पारेको छ ।

अर्थ मन्त्रालयमा सुनसान छ । बजेटका केर्मचारी आरामले काम गरिरहेका छन् । जे जे गर्नुपर्ने लगभग गरिसकेका छन् । आज नीति तथा कार्यक्रम आउँदैछ । कार्यक्रममा के के पर्यो आरामसँग बनाएका छन् ।

विगतमा मालदार ठाउँमा जान अर्थका हाकिमहरु नेतालाई सम्पर्क गरी गरी कुन ठाउँमा के के बजेट राखिदिऊँ सम्म भन्थे । पावरवालाको बोलवाला नै हुन्थ्यो ।

विकासका लागि छटपटिएकाहरुको अर्थ सम्म पहुँच नै कम । भौतिकबाट फाइल नै रोकिने । अर्थसम्म गएपनि ढोका बन्द हुने । त्यहाँबाट बजेट नपरेपछि हिस्स पर्नुपर्ने । यसपाली के के भयो भन्ने लकडाउनपछि मात्र थाहाहुने अवस्था भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्