Logo

अमेरिकी कम्पनिले गर्यो भारतीय र पाकिस्तानी औषधी कम्पनिसँग कोरोना औषधी बनाउने सम्झौता



एनेन्सी २ जेठ । औषधी कम्पनि जीलिड, भारत र पाकिस्तानमा रहेको फाइभ जेनेरीक फर्माबीच रेकडिसिभिर नामको औषधी बनाउने सम्झौता भएको छ । दूवै कम्पनीले करिब एक सय २७ देशका लागि औषधी बनाउने भएको छ ।

रेकडिसिभिर विशेषगरी इबोलाको औषधी हो । तर, उक्त औषधीले कोरोना संक्रमित व्यक्तिलाई समेत उपचारमा सघाउ पुग्ने निष्कर्ष निकालिएका कारण यसको उत्पादनलाई तीव्रता दिएको छ । जीलिड कम्पनीले पाँचवटा कम्पनीलाई उक्त औषधी निर्माण गर्न स्वीकृती दिने छ । उक्त औषधीके रकमलाई सक्दो कममा विक्री गर्न डब्लूएचओले समेत आग्रह गरेको छ ।

औषधीको रकम भने अहिले अनुमान गर्न नसक्ने कम्पनीका निर्देशकले जनाएका छन् । जुन महिना भित्र औषधीके आधिकारिक खबर आउने समेत जनाइएको छ । हैदराबादमा रहेको हेटेरो ल्याबले विगतदेखि निरन्तर रुपमा एड्स विरामीहरुका लागि औषधी बनाइरहेको छ । औषधी कारोना संक्रमित मानिसका लागि प्रभावकारी रहेको डब्लूएचओले समेत पुष्टि गरेको छ । औषधीले भाइरसको गतिविधिलाई रोक्न सक्ने जनाइएको छ । रेकडिसिभिर औषधी सर्वप्रथम अमरिकाको प्रयोगशाालामा बनेको थियो । यसको प्रयोगले संक्रमितलाई ११ दिनमै ठिक गरेको प्रयोगशालाबाट निष्कर्ष निकालिएको थियो । File photo



प्रतिक्रिया दिनुहोस्