Logo

सीमा नाकामा अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन कांग्रेसको माग



काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको सीमामा आएर अलपत्र परेका नेपालीलाई तत्काल स्वदेश फर्काउनुपने भन्दै सरकारसँग आग्रह गरेको छ। आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सरकारसँग यीतो आग्रह गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कयौं दिनदेखि भारतसँगका विभिन्न सीमा नाकामा नेपाली अलपत्र अवस्थामा रहेकोले उनीहरुलाई तत्काल स्वदेश फर्काउन माग गरेका हुन् ।

उनकाअनुसार पछिल्लो २४ घन्टामा थप हजारौं नेपाली सीमा क्षेत्रमा आइपुगेका छन् । शर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ-‘भारत सरकारले रेल र बसमार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट यसरी नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा छन्,।’



प्रतिक्रिया दिनुहोस्

Screenshot