Logo

जेठ ५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने समन्वय समितिको निर्णय



काठमाडौँ २ जेठ : कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको समितिको बैठकले जेठ ५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय भएको हो।

समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको उनले जानकारी गराए।

यसका साथै, उनले लकडाउनका कारण जापान र हङकङ जानबाट रोकिएका नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रक्रिया पूरा गरी पठाउने निर्णय भएको जानकारी गराए।मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्