Logo

दुई दिनको कारोबारमा चलखेल भएको हो या होइन ? नेप्सेलाई रिपोर्ट पेस गर्न बोर्डको निर्देशन



काठमाडौँ २ जेठ : पछिल्लो समय दुई दिन भएको शेयर कारोबारको छानबिन गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ। लगानीकर्ताहरूको मागलाई सम्बोधन गर्न भन्दै बोर्डले निर्देशन दिएको हो।

बोर्डले दुई दिन भएको शेयर कारोबार के कस्तो किसिमको हो त्यसको अध्ययन गरी बोर्डलाई जानकारी दिन भनेको हो। ‘प्राइस म्यनुपुलेट गर्ने उद्देश्यले कारोबार गरेको हो या होइन ? के कस्तो कारोबार हो ? खरिद गर्ने र बिक्री गर्ने मान्छे के कस्ता खालका हुन् ? सबै अध्ययन गरेर रिपोर्ट पेस गर्ने भनेका छौ’ बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानाले भने।

नेप्सेले रिपोर्ट पेस गरेपछि कारबाही प्रक्रिया अघि बढाउने बोर्डको योजना छ। रिपोर्टमा कारोबार गर्ने व्यक्ति खराबै देखिए उनीहरूलाई धितोपत्रको नियम अनुसार व्यक्तिगत रूपमै कारबाही अघि बढाउने र नियमित कारोबार नै भए त्यसको राफसाफ प्रक्रिया अघि बढाउने बोर्डले जनाएको छ। रिपोर्टको आधारमा प्रक्रिया अघि बढ्ने बोर्डको भनाइ छ।

लगानीकर्ताले दुई दिनको कारोबारलाई रद्द गर्नु पर्छ भन्ने चर्को माग राखेपछि बोर्डले उक्त विषय अघि बढाएको हो। यो विषयको छिनोफानो नभए सम्म बोर्डले पछिल्लो दुई दिनको कारोबार राफसाफ समेत रोकेको छ। म्रोलागानी File photo



प्रतिक्रिया दिनुहोस्