Logo

नेपालमा पर्यटक रोक्ने भारतीय रणनीति



फिदिम, २ जेठ : नेपालमा पर्यटक आउनबाट रोक्ने रणनीतिसहित भारतीय पक्षले सीमामा विवाद सिर्जना गरिरहेको सरोकारवालाको बुझाइ छ । “पर्यटकलाई भारतमै होल्ड गराएर राख्ने योजनाअनुसार उनीहरुको रणनीति बनेको छ”, सूचना अधिकारी पौडेलले भन्नुभयो, “भारततर्फ सीमित संरचना र नेपालको तुलनामा कम आकर्षक पर्यटकीय स्थान छन् । हामीले प्रशस्तै संरचना बनाए त सबै नेपाल आइहाल्छन् । यसैले उनीहरुले सीमामा विवाद झिकेका हुन् ।” समितिले निर्माण गर्न लागेको उक्त पदमार्ग १९ दिनको बन्नेछ ।

पूर्वी पहाडमा भारतको सीमा पानीढलोका आधारमा बनेको हो । जसअनुसार अधिकांश क्षेत्रमा नेपालीको सीमा अग्ला डाँडासम्म फैलिएको छ । भारतमुनि परेको छ । नेपालतर्फ पदमार्ग निर्माण गरी होटल तथा घरवास सञ्चालनमा ल्याउन सके दार्जिलिङ तथा भारतको शृङ्हलीला राष्ट्रिय निकुञ्जमा आउने पर्यटकहरु नेपालतर्फ आकर्षित हुन्छन् । “मेची पहाडी क्षेत्र पर्यटन विकास समितिले निर्माण गर्न लागेको रुटको मुख्य रणनीति भनेको दार्जिलिङ क्षेत्रमा आउने तेस्रो देशका पर्यटकलाई नेपाल भित्र्याउने हो”, समितिका सूचना अधिकारी पौडेलले भन्नुभयो, “यसैले भारतले नेपालतर्फ कुनै संरचना बन्न नदिएको हुनसक्छ ।” रासस File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot