Logo

काठमाडौँ महानगरपालिकाद्वारा कोरोना परीक्षणमा निरन्तरता



काठमाडौँ, २ जेठ : काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ ।

बिहीबार कालीमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकबिक्रेता, मजदूर तथा चालक गरी एक हजार ३४ को परीक्षण गरिएको थियो । ती मध्ये ७०० जनाको आरडिटी ९¥यापिड डाइग्नोष्टिक टेष्ट० र ३३४ जनाको पिसिआर ९पोलिमेयर चेन रियाक्सन० परीक्षण गरिएको हो । आरडिटी गरिएकामध्ये चार जनाको नतिजा पोजेटिभ देखिएको र पिसिआरको नतिजा आउन बाँकी रहेको महानगर, जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिनुभयो ।

सफाइ क्षेत्रमा काम गर्ने कर्मचारीको आज परीक्षण गरिरहेको कामपाले जनाएको छ । सफाइ कर्मचारी र फोहरमैला सङ्कलन गर्नेहरुको आरडिटी र पिसिआर दुवै विधिबाट परीक्षण गर्न लागिएको हो । कामपाका ९५० कर्मचारी सफाइ क्षेत्रमा कार्यरत छन् । अहिले उहाँहरुको टेकुमा आरडिटी र पिसिआरका लागि स्वाब सङ्कलन भइरहेको छ । सङ्क्रमणको पहिचान गरी थप सुरक्षित बन्नका लागि क्रमशः जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सञ्चारकर्मीको परीक्षण गर्ने तयारी भएको कामपा प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । रासस File photo



प्रतिक्रिया दिनुहोस्