Logo

शेयर बजारमा गिरावटसँगै भारतीय लगानीकर्ताले एकैदिन गुमाए करिब २० खर्ब पूँजी



२ जेठ : शेयर बजारमा गिरावट आएसँगै भारतीय लगानीकर्ताहरुले एकैदिन १९ खर्ब ९६ अर्ब भारतीय रुपैयाँ बराबरको पूँजी गुमाएका छन्।

बिहीबार भारतीय शेयर बजारमा गिरावट आएसँगै त्यहाँका लगानीर्ताहरुको उक्त सम्पत्ति गुम्न पुगेको हो। यस क्रममा बीएसआई सेन्सेक्समा ८८६ अंक अर्थात् २.७७ प्रतिशतको गिरावट आएको थियो।

योसँगै बीएसआई सूचकमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण १९ खर्ब ९६ अर्ब रुपैयाँले घटेर १२२६ खर्ब ८० अर्बमा सीमित भएको थियो ।

मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई आत्मनिर्भर बनाउने अभियानको लागि नयाँ प्रोत्साहन दिन २०० खर्ब भारुको आर्थिक प्याकेजको घोषणा गरेका थिए । यद्यपी लगानीकर्ताहरु उक्त प्याकेजप्रति स्पष्ट नभएका कारण उनीहरुको धारणा प्रभावित हुदाँ यसको असर शेयर बजारमा देखिएको बताइएको छ । मेरोलागानी Photo Source : Trade Brians



प्रतिक्रिया दिनुहोस्