सुनसरी, २ जेठ । लागूऔषध सहित शंकर यादव बुधबार पक्राउ परेका छन् । कोशी गाउँपालिकाबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन प्लस ५ सय २८ क्याप्सुल र १ सय एमएलको डाइलेक्स डिसी २८ बोतल सहित भारत बिहारका यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय लौहकी सुनसरीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यादव उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।