जेठ २, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ८७ हजारको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म २३ हजार ९ सय १४ जनाको पिसीआर परीक्षण र ६३ हजार ८५ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा १ हजार २ सय ५० वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट सात सय ५८ वटा परिक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ वटा परीक्षण भएको छ ।
अहिलेसम्म प्रदेश एकमा ८९३३, प्रदेश दुईमा ५९८२, बागमति प्रदेशमा ९६७३, गण्डकी प्रदेशमा ६८६२, प्रदेश पाँचमा ७९७१, सुदूरपश्चिम प्रदेशमा १६ हजार ३ सय ५७ र कर्णाली प्रदेशमा ७३०७ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् । बागमति प्रदेशमा सबैभन्दा कम जम्मा १ सय १७ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश पाँचमा करिब ८ हजार ३ सय २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
आइसोलेसनमा २ सय ६७ जना रहेका छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा २७ जना मात्रै छन् । यो संख्या कोरोना संक्रमित भएर उपचार गराइरहेका र सम्भावित कोरोना संक्रमितको हो । प्रदेश एकमा २२ जना, प्रदेश दुईमा १०२, बागमति प्रदेशमा ३४, गण्डकी प्रदेशमा १, प्रदेश पाँचमा १ सय ८ जना आइसोलेसनमा रहेका छन् ।
नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म ३७ हजार १ सय ४७ पुगेको छ । तिमध्ये ३ सय ६३ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ ।