काठमाडौ, २ जेठ । सदावहार नायिका करिश्मा मानन्धरले समस्या मात्र केलाएर बस्नु भन्दा सम्भावना बारे सोच्नुपर्ने बताएकी छिन् । उनले निरन्तर रुपमा सकरात्मक कार्य गर्ने, राम्रा किताब पढ्ने, आफुलाई कसरी खुशी राख्नेमा प्रयास गर्ने जस्ता कार्य गर्दा अवश्य यो संकटको समय टरेर जाने विश्वास गरेकी छिन् उनले लकडाउनले समस्यामा परेका मानिसहरुलाई सहयोग गर्दै आएकी छिन् ।