काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आगामी आर्थिक वर्ष २०७७ २०७८ को लागि ल्याएको नीति तथा कार्यक्रमलाई खण्डकाव्यको संज्ञा दिएका छन् । संसद भवन परिसरमा नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै देउवाले यस्तो बताएका हुन् । उनले भने-“नीति तथा कार्यक्रम कर्मकाण्डी र खण्डकाव्यजस्तो छ । आउनुपर्ने कुरा आएन् ।”
नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल-1
सभापति देउवाले नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा आफूहरुलाई शंका रहेको पनि टिप्पणी गरे । कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि नीति तथा कार्यक्रम अहिलेको प्राथमिकीकरणबाट बाहिर गएको टिप्पणी गरे । उनले पनि नीति तथा कार्यक्रम निवन्धजस्तो भएको प्रतिक्रिया दिए । Photo : Mukunda Kalikote-RN