Logo

अमेरिकामा व्यवसाय पुनःसञ्चालनसम्वन्धी निर्देशिका जारी



२ जेठ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले व्यवसाय पुनःसञ्चालनसम्वन्धी निर्देशिका जारी गरेका छन् । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि बन्द भएका व्यवसाय तथा कार्यालयहरू सञ्चालनका लागि उनीहरुले निर्देशिका जारी गरेका हुन् ।

निर्देशिकामा व्यापार व्यवसाय, शैक्षिक संस्थाहरु तथा अन्य संघसंस्था तथा निकायका कार्यालयहरु सञ्चालनसम्वन्धी विषय उल्लेख गरिएको छ ।न्युयोर्क राज्यको रोग नियन्त्रण तथा न्युनिकरण केन्द्रले जारी गरेको निर्देशिकामा कुनै पनि व्यापार व्यवसाय तथा कार्यालय पुनः सञ्चालन गुर्न पुर्व के के कुरामा ध्यान दिनु पर्दछ र के के प्रक्रिया पुरा गर्नु पर्दछ भन्ने कुराहरु उल्लेख गरिएको छ ।

यो निर्देशिका विद्यालय, कार्यस्थल, शिविर, शिशु स्याहार केन्द्र, सार्वजनिक यातायत, बार तथा रेष्टुरेन्टलगायतका लागि केन्द्रित गरिएको केन्द्रले जनाएको छ ।निर्देशिकामा चर्च लगायतका धार्मिक स्थलहरुमा अप्नाउनु पर्ने सतर्कता तथा सुरक्षाका उपायहरुका बारेमा पनि उल्लेख गरिएको छ ।

धार्मिक स्थलहरु विषेश गरी चर्चमा पुरा गर्नु पर्ने प्रक्रियाका बारेमा लेखिएका केही विषयमा भने संशोधन गरेर यो निर्देशिका जारी गरिएको अधिकारीहरुले जनाएका छन् ।कोरोनाभाइरसका कारण अहिलेसम्म सवैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामै भएको छ ।

त्यसैगरी सङ्क्रमितको संख्या पनि अहिलेसम्म अमेरिकामै सवैभन्दा धेरै रहेको छ । मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सङ्ख्या धेरै भएपनि अमेरिकामा लकडाउनको पूर्ण कार्यान्वयन गरिएको छैन भने व्यापार व्यवसायहरु पनि तुलनात्मक रुपमा धेरै खुलेका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्