खस्यौली, २ जेठ प्रदेश नं ५ प्रदेशसभाको छैटौँ अधिवेशन यही जेठ ९ गतेका लागि आह्वान गरिएको छ । नेपालको संविधान धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदेशसभा नियमावली २०७४ को नियम ३(१) बमोजिम प्रदेशसभाका सदस्यलाई अधिवेशनमा उपस्थितिका लागि अनुरोध गरिएको प्रदेश नं ५ प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । सो अधिवेशन अपराह्न १ बजे प्रदेशसभाको सभाकक्ष बुटवलमा शुरु हुने छ ।रासस