काठमाडौं, २ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राम्रो रहेको प्रतिक्रिया दिएका छन् । तर, उक्त नीति तथा कार्यक्रम कार्यान्वयनमा भने चुनौती रहेको उनको टिप्पणी छ । संसद भवन नयाँ वानेश्वर परिसरमा नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
उनको भनाई थियो,‘मुख्य कुरा कार्यान्वयन हो । कोरोना भाइरसले सबैतिर जटिलता पैदा गरेको छ । त्यसकारण चुनौती चाहिँ कार्यान्वयनकै छ । मलाई लाग्छ यो कार्यान्वयन गर्न सकियो भने चाहिँ यसले राम्रै गति लिन्छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने नीति तथा कार्यक्रमको आलोचना गरेका छन् । उनले आउनुपर्ने कार्यक्रम नआएको गुनासो पोखेका थिए । त्यस्तै, उनले नीति तथा कार्यक्रम महाकाव्यजस्तो भएको पनि टिप्पणी गरेका थिए । File Photo