Logo

स्थानीय विकासलाई प्राथमिकता



काठमाडौँ, ३ जेठ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्थानीय विकासलाई प्राथमिकता दिएको छ । सबै नागरिकलाई स्वस्थ बनाउने उद्देश्यसहित सरकारले ७५३ वटै स्थानीय तहको छ हजार ७४२ वटै वडामा योग, व्यायाम र आरोग्य केन्द्र बनाउने लगायतका नीतिले यस्तो प्राथमिकता दिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गर्नुभएको आगामी वर्षको नीति तथा कार्यक्रममा स्थानीय विकासलाई जोड दिइएको हो । देशभरका सबै वडास्तरीय सेवा केन्द्रबाट ४० वर्षभन्दा माथिका सबै नागरिकको रक्तचाप, मधुमेह परीक्षण र प्राकृतिक चिकित्सा प्रणालीको प्रवद्र्धन गर्ने नीति सरकारले लिएको छ ।

सबै स्थानीय तहमा छोटो अवधिको रोजगारमुखी तालिमको घुम्ती शिविर सञ्चालन गर्नुका साथै स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रबाट रोजगार सूचना प्रणाली सञ्चालन गरी श्रम सूचना बैङ्क स्थापना गर्ने नीति सरकारको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्