Logo

युवालाई कृषिमा रोजगारी



काठमाडौँ, ३ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गदै विदेशबाट फर्किएका युवालाई कृषिमा आकर्षित गराउने नीति लिइने र कृषिको व्यावसायिक तथा आधुनिकीकरणमा जोड दिइने बताएका छन् ।

कृषिलाई आयमूलक र मर्यादित पेसा तथा उत्पादनशील व्यवसायको रूपमा विकास गरिने बताउँदै राष्ट्रपति भण्डारीले महिला सहकारी समूह तथा अर्धबेरोजगार तथा वैदेशिक रोजगारबाट फर्किएका युवालाई कृषि व्यवसायमा आकर्षित गरिने उनले बताएका छन् । उनले नेपालको सबै खाली जमिनलाई खेर जान नदिने र कृषियोग्य जमिनलाई पुनः उपयोग गरी सघन खेती प्रणालीको माध्यमबाट ठूलो मात्रामा कृषि उत्पादन वृद्धि गर्ने नीति कार्यान्वयनमा ल्याउने बताएका छन् ।

सरकारले रासायनिक मल र उन्नत बीउको आपूर्ति तथा वितरण एवं सिँचाइ क्षेत्रको विस्तार गर्ने नीति लिएको बताउदै राष्ट्रपति भण्डारीले यस अवधिमा धान, गहुँ, तरकारी, आलु, मकै, आलुलगायतका कृषि उपजका उत्पादनमा उत्पादनमा वृद्धि भई खाद्य सुरक्षाको स्थितिमा सुधार आएको बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्