Logo

मेलम्ची यसै वर्ष सकिने



काठमाडौँ, ३ जेठ । मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत सो कुरा बताइएको हो । मेलम्चीसँगै याङ्री र लार्के खोलाको पानी काठमाडौँ ल्याउने दोस्रो चरणको आयोजना पनि सुरु गरिने भएको छ ।

आधारभूत खानेपानी सुविधा बढाइने
९१ प्रतिशतबाट बढाएर ९४ प्रतिशत जनसङ्ख्यालाई आधारभूत खानेपानी सुविधा पु¥याइने भएको छ । सात प्रदेशमा सञ्चालन आधारभूत खानेपानीका आयोजनालाई थप विस्तार गरिने भएको छ । ढल निर्माण, फोहोर प्रशोधन तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने छ । गुणस्तरीय खानेपानीमा सबैको पहुँच हुनेगरी कार्यक्रम सञ्चालन गरिने भएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्