Logo

विद्युतीय रेलमार्ग निर्माण सुरु हुने



काठमाडौँ, ३ जेठ । सरकारले आर्थिक वर्ष २०७७/७८ मा सडक, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग निर्माण तथा अध्ययनको कार्यलाई प्राथमिकता दिने भएको छ । त्यसैगरी तीन सय सडक पुलको निर्माण गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संयुक्त सदनमा आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गदै आगामी तीन वर्षभित्र काठमाडौँ/तराई द्रुतमार्गको निर्माण सम्पन्न गर्ने बताएका छन् । त्यसैगरी राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्ंंगा–नौबीसे सडक खण्डमा निर्माणाधीन २.६८ किलोमिटर सुरुङमध्ये आर्थिक वर्ष २०७७/७८ मा एक किलोमिटरको निर्माण सम्पन्न गर्ने घोषणा गरेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा सिद्धार्थ राजमार्गको बुटबल–पाल्पा खण्डको सिद्धबाबा सुरुङमार्गको निर्माण सुरु गरिने छ भने बेत्रावती–स्याफ्रुबेँसी–टोखा–छहरे, गुर्जे भञ्जाङ, खुटिया दिपायललगायतका सुरुङमार्ग अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्