Logo

७ दिन क्वारेन्टाइनमा बसेर एम्बुलेन्सबाट आएका थिए दाङका दुई कोरोना संक्रमित



दाङ, जेठ ३ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका गढवा गाउँपालिका ४ र ५ का २३ र ३६ वर्षीय पुरुष कृष्णनगर हुँदै भारतबाट आएको खुलेको छ । उनीहरु कृष्णनगरमा ७ दिन क्वारेन्टाइनमा बसेर अन्तमा एम्बुलेन्समा गढवा आएका थिए ।

कृष्णननगरको क्वारेन्टाइनमा राम्रो बसाई नभएको भन्दै उनीहरुका परिवारले वडा कार्यालयमा निवेदन दिएपछि गाउँपालिकाको समन्वयमा गढवा उद्योग वाणिज्य संघको एम्बुलेन्सले उनीहरुलाई बुधबार गढवा ल्याएको थियो । उनीहरु पाँच जना सँगै एम्बुलेन्समा आएका थिए ।

तीमध्ये चार जना सँगै क्वारेन्टाइनमा छन् भने एकजना बंगलाचुली गाउँपालिकाका थिए । उनी पूर्व–पश्चिम राजमार्गको कालाकाटेमा ओर्लिएका थिए । उनी त्यहाँबाट कसरी घर पुगे भन्ने अझै खुल्न नसकेको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्