Logo

मदजुर बोकेका ट्रक एक–आपसमा ठोकिदा २४ जनाको मृत्यु



नयाँ दिल्ली, जेठ ३ । भारतको उत्तर प्रदेशस्थित औरैया जिल्लामा भएको ट्रक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । मजदुर बोकेको ट्रक एक आपसमा ठोक्किँदा अन्य धेरै घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।शनिबार विहान दुर्घटनामा परेकाहरु मध्ये अधिकांश मजदूर बिहार, झारखण्ड र पश्चिम बंगालका रहेका छन् । उत्तर प्रेदशका मुख्यमन्त्री योगी आदित्य नाथले घटनाप्रति दुःख व्यक्त गर्दे घाइतेको उपचारमा कुनै कमि हुन नदिन निर्देशन दिएको समेत समाचारमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot