Logo

लकडाउनमा ट्रक चढेर घर फर्किइरहेका २४ जनाको युपीमा दुर्घटनामा मृत्यु



एजेन्सी, ३ जेठ । भारतको उत्तर प्रदेशमा लकडाउनमा ट्रक चढेर घर फर्किइरहेका २४ जनाको मृत्यु भएको छ । निकै कष्टकरसँग फर्किइरहेका उनीहरु चढेको ट्रक अर्को मालवाहक सवारीसँग जुध्दा घटना भएको थियो ।

आज विहान साँढे २ बजे उत्तर प्रदेशको औरयामा भएको घटनामा ३७ जना घाइते भएका थिए । ट्रकमा कोच्चिएर कष्टपूर्वक फर्किइरहेका उनीहरु राजस्थानमा कामका लागि गएका थिए । लकडाउन लामो भएपछि उत्तर प्रदेश, विहार र बँगालका ती यात्रु जोखिम मोलेर फर्कदै थिए ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अधिकांशको घटनास्थलमै मृत्यु भएको थियो । मालवाहक ट्रली ट्रकमा यात्रुका अलावा मालसामान पनि रहेको बुझिएको थियो । अर्को डिसिएम ट्रक दिल्लीबाट फर्किइरहेको र रोकिएको थियो । रोकिएको ट्रकमा अर्को ट्रक ठोक्किएको थियो । दुवै ट्रक पल्टिएका थिए ।-Photo Source: Indianexpress



प्रतिक्रिया दिनुहोस्

Screenshot