Logo

काभ्रेपलाञ्चोकमा तीन दिन मात्रै बैंक तथा वित्तीय संस्था संचालन हुने



बनेपा, ३ जेठ : कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले अब काभ्रेपलाञ्चोकमा बैंक तथा वित्तीय र सहकारी संस्था हप्ताको तीन दिन मात्रै सञ्चालन गर्न लगाउने निर्णय गरेको छ ।

कोरोना भाइरसको जोखिम हुन नदिन अब जिल्लाका ती क्षेत्र आइतबार ,मङ्गलबार र शुक्रबार मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो । यसअघि पनि हप्ताको तीन दिन मात्रै खोल्ने गरेको बैंक तथा वित्तीय संस्था बन्दाबन्दीमा आवतजावत अलि खुकुलो पारेसँगै गत वैशाख २१ गतेबाट दैनिक दुई घण्टा खोल्ने गरेको थियो । अब पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमण फैलिँदै गएपछि त्यसको रोकथाम र नियन्त्रणको अवस्थालाई मध्यनजर गर्दै पुनः तीन दिन मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।-रासस, File photo



प्रतिक्रिया दिनुहोस्