Logo

गाउँटोल सफा गर्दै हाम्रो युवा समुह



ललितपुर, ३ जेठ । महालक्ष्मी नगरपालिकामा हाम्रो युवा समुहले भौतिक दुरी कायम गर्दै गाउँ टोलको मुहार फेर्ने अभियान चलाइनै रहेको छ । समुहले पछिल्लो समय बिष्णुडोल-शंखादेवी कुलो सरसफाई अभियान चलाएको छ ।

भौतिक दुरी कायम गर्दै एक हप्ता सरसफाई चलिरहेको छ । हरेक विहान युवाहरु कुलो सरसफाइमा जुटिरहेका छन् । झण्डै डेढ किलोमिटर सडकको छेउको कुलो सफाई गर्दा त्यस क्षेत्रको मुहार नै परिवर्तन भएको छ ।

यसअघि हाम्रो युवा समुहले पोखरी जीर्णोदार गरेको थियो । समुहले स्यानिटाइज देखि राहत वितरण समेत गरेको थियो ।

हाम्रो युवा समुहको सक्रियता र योगदानको चर्चा महालक्ष्मी नगरपालिकाभित्र मात्र नभई देशै भर चलिरहेको छ । समुहका संयोजक समेत रहेका नेपाली काँग्रेसका युवा नेता विवेककुमार कार्कीेले लकडाउनमा गाउँटोल जोगाउँदै सरसफाईको अभियान पनि चलाइएको बताए । गर्मीको समयमा अन्य रोगको संक्रमण बढ्नसक्ने भएकाले कुलो र बाटोलाई चिटिक्क पार्ने उद्देश्य राखिएको बताए ।

कार्कीले २०७७ सालभित्र महालक्ष्मी नगरपालिकाको बिष्णुडोल र शंखादेवी क्षेत्रको मुहार नै फेरिने बताए । उनले भने, ‘अबको एक वर्षभित्र यो क्षेत्रलाई कायापलट गरेर देशकै उदाहरणीय क्षेत्र बनाएर देखाउनेछौं ।’



प्रतिक्रिया दिनुहोस्