३ जेठ : अमेरिकाले भारतलाई कोरोना भाइरसविरुद्धको युद्धमा साथ दिने भएको छ ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्वीटर मार्फत भारतलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
उनले भारतलाई कोरोना महामारीसँग लड्न सहयोगकालागि भेन्टिलेटर दिने ट्वीटरमा उल्लेख गरेका छन् ।उनले ट्वीटमा अमेरिका र भारत कोरोना भयाक्सिन बनाउने कार्यमा पनि साथ रहेको र साथ मिलेर यस अदृश्य दुश्मनलाई जित्ने पनि बताएका छन् ।
ट्रम्पले भ्याक्सिन आविष्कार गर्ने अभियानमा साथ रहेका देशहरु मध्य भारत पनि एक रहेको बताएका छन् । मेरोलागानी
I am proud to announce that the United States will donate ventilators to our friends in India. We stand with India and @narendramodi during this pandemic. We’re also cooperating on vaccine development. Together we will beat the invisible enemy!
— Donald J. Trump (@realDonaldTrump) May 15, 2020