काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने दुवै सदनका सांसदहरुलाई बालुवाटार बोलाएर छलफल गरेका छन् । सरकारले हिजोमात्रै आर्थिक वर्ष २०७७/०७८ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममा एकरुपता प्रदर्शन गर्न र संसदमा सोहीअनुसार आफ्नो भूमिका निर्वाह गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् । File Photo