Logo

स्याङ्जाका कृषकलाई घर–घरमा हाते ट्याक्टर



प्रकाश डोटेल, स्याङ्जा, ३ जेठ । कोरोना भाइरसको रोकथामका लागि देशभर लकडाउन लागिरहेको समयमा आफ्नै घरमा हाते ट्याक्टर आएपछि स्याङ्जाको भीरकोट नगरपालिका ८ का कृषक मनबहादुर सार्की दंग परेका छन् । आफ्नै घरमा सहुलियत दरको हाते ट्याक्टर आएपछि सार्कीले भने, “मैले त सोचेकै थिईन, यस्तो बेला घरमै ट्याक्टर आउला भनेर ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतको सुन्तला सुपरजोन कार्यान्वयन कार्यक्रमले आफ्नै घरमा ट्याक्टर ल्याएपछि वालिङ नगरपालिका ४ का कृषक ख्यामराज गुरुङ पनि निक्कै उत्साहित छन् । कोरोनाले यो पटक सुन्तला उत्पादनमा नराम्रो असर पार्ने गुरुङ्लाई चिन्ता थियो तर जग्गा खनजोतका लागि समयमै ट्याक्टर घरमै आएपछि उनी उत्साहित भएका हुन् ।

सुन्तला सुपरजोनले ५० प्रतिशत सहुलियतमा हाते ट्याक्टर कृषकलाई उपलव्ध गराएको हो । सुपरजोनको साझेदार संस्था पोखराको शिब शिखर एग्रो तथा शिब शिखर कृषि सहकारीले समयमै हाते ट्याक्टर उपलव्ध गराएपछि स्याङजाका कृषक उत्साहित भएका छन् ।

कृषकलाई समूहको सिफारिसका आधारमा शिब शिखर मार्फत कृषकलाई घर–घरमै ट्याक्टर पु¥याइएको सुपरजोन स्याङजाका अध्यक्ष बोधराज अर्यालले बताए । उनले भने, “प्रतिकुल परिस्थितीका कारण प्रयाप्त हाते ट्याक्टर जिल्लामा नआउने भयो भन्ने चिन्ताले सताएको थियो, तर समयमै ट्याक्रट दिन पाउँदा उत्साहित कृषक देखेर खुसि लागेको छ ।”

सुपरजोनले चालु आर्थिक वर्षमा जिल्लामा १ सय १५ थान हाते ट्याक्टर वितरण गरिर्ने अध्यक्ष अर्यालले जानकारी दिए । हालसम्म ९५ थान वितरण गरिएको अर्यालले बताए । अघिल्लो आर्थिक बर्षमा पनि सहुलियत दरमा कृषकलाई हाते ट्याक्टर वितरण गरेको बताउदै भने, “साझेदार शिब शिखरले ढुवानी निशुल्क गरिदिदा यो पटक भने सस्तो मुल्यमा ट्याक्टर दिन सकियो ।”

कृषकलाई चलाउन र सामान्य मर्मत गर्ने तरिका सिकाई दिएपछि कृषक निक्कै उत्साहित भएको अनुभव सुनाए शिब शिखर एग्रोका सेल्स म्यानेजर शंकर आचार्यले । उनले भने, “कृषकको उत्साह देखेपछि हामीले कृषकलाई निरन्तर मर्मत र आवश्यक सहयोग गर्ने बचन समेत दिएका छौं ।”

गण्डकी प्रदेशमा व्यवसायीक रुपमा कृषि व्यवसायमा गर्दै आएका कृषकलार्ई सहयोग गर्दै आएको शिब शिखरका क्षेत्रीय प्रबन्धक शुसिल बानियाँले बताए । उनका अनुसार साना कृषकलाई सहुलियत दरमा हाते ट्याक्टर उपलव्ध गराएको जानकारी दिए । कृषकले तत्काल पुरा रकम बुझाउन नसके ५० प्रतिशतको सहुलियत फाइनान्स गर्ने व्यवस्था गरेको पनि बानियाँले सुनाए ।-Photo Source: Prakash Dotel



प्रतिक्रिया दिनुहोस्