Logo

कोरोना परिक्षणले तिब्रता पायो, सबैभन्दा धेरै सुदूरपश्चिममा



जेठ ३, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ९२ हजार ४ सय ४० को कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म २६ हजार ६ सय ९१ जनाको पिसीआर परीक्षण र ६५ हजार ७ सय ४९ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा २ हजार ५ सय ७९ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट २ हजार ६ सय ६४ वटा परिक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २ सय ४३ वटा परीक्षण भएको छ । यो संख्या पछिल्ला दिनमा बढ्नै गएको छ । शुक्रबारको अपडेटमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ५० वटा पिसिआर र आरडिटी विधिबाट सात सय ५८ वटा परिक्षण भएको थियो । शुक्रबार पछिल्लो २४ घण्टामा २ हजार ८ वटा परीक्षण भएको जानकारी गराइएको थियो ।

अहिलेसम्म प्रदेश एकमा ९१११, प्रदेश दुईमा ५९८७, बागमति प्रदेशमा १०४५२, गण्डकी प्रदेशमा ६९३२, प्रदेश पाँचमा ८४९०, सुदूरपश्चिम प्रदेशमा १७ हजार ४ सय ५ र कर्णाली प्रदेशमा ७३७२ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १६ हजार ३ सय ६६ जना रहेका छन् । बागमति प्रदेशमा सबैभन्दा कम जम्मा २ सय जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश पाँचमा करिब १० हजार २ सय २२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

आइसोलेसनमा ३ सय २० जना रहेका छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा ३२ जना मात्रै छन् । यो संख्या कोरोना संक्रमित भएर उपचार गराइरहेका र सम्भावित कोरोना संक्रमितको हो । प्रदेश एकमा २४ जना, प्रदेश दुईमा १११, बागमति प्रदेशमा ६४, गण्डकी प्रदेशमा १, प्रदेश पाँचमा १ सय १५ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना आइसोलेसनमा रहेका छन् ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म ३७ हजार ९ सय ५७ पुगेको छ । तिमध्ये ३ सय ६६ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ ।।



प्रतिक्रिया दिनुहोस्

Screenshot