काठमाडौं, ३ जेठ । नेपाली काँग्रेसले सरकार देशको भुमी रक्षाका लागि संवेदनशील नभएको निष्कर्ष निकालेको छ । उसले भारतसँग अबिलम्ब ठोस कुटनीतिक प्रयास गरी भुमिको रक्षाका लागि गम्भीर बन्न माग गरेको छ ।
आज बसेको संंसदीय दलको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापनीलगायत नेपाली भुमीको अतिक्रमणको विरोध गर्दै भनेको छ, ‘देशको भुमिको रक्षाका लागि सरकार संवेदनशील नरहेको र ठोस कदम चाल्न नसकेको प्रति दुःख व्यक्त गर्दै अबिलम्ब ठोस कुटनीतिक प्रयास गरी नेपालको भुमिको रक्षा गर्न सरकार गम्भीर बन्नका लागि माग गरेको छ ।’
संसदी यदलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमले देशले अहिले व्यहोरी रहेको समस्यालाई सम्बोधन गर्न नसकेको निष्कर्ष समेत निकालेको छ ।
-Main Photo: File