Logo

आँखा हुँदै शरिरमा पुग्छ कोरोना भाइरस, आँसुबाट पनि संक्रमणको खतरा



३ जेठ : कोरोना भाइरस आँखाबाट पनि शरिरमा पुग्न सक्ने र आँसुका माध्यमबाट पनि संक्रमण फैलिन सक्ने वैज्ञानिकहरुले दाबी गरेका छन् । यो दाबी अमेरिकाको प्रतिष्ठित रिसर्च यूनिभर्सिटी जोन्स होपकिन्सका अनुसन्धानकर्ताहरुले गरेका हुन् ।

अनुसन्धानकर्ताहरुका अनुसार, एसीई–२ नामक एन्जाइम रिसेप्टरको सहायताबाट कोरोना भाइरसले शरिरको कोशिकाहरुलाई जकडेर मानिसहरुको आँखाबाट प्रवेश गर्न सक्नेछ ।

नयाँ अनुसन्धानको नतिजाबाट भएको खुलासा अनुसार, फोक्सो, श्वास नली र अन्य अंगहरुको जस्तै आँखामा पनि एसीई–२ रिसेप्टरको निर्माण हुने गर्दछ । यसको सहायताबाट कोरोना शरिरमा प्रवेश गर्न सक्दछ । यदि संक्रमित बिरामीले खोक्दा वा थूकको थोपा आँखासम्म पुग्यो भने कोरोना संक्रमण फैलने खतरा हुनसक्छ ।

रिसर्च रिपोर्टका अनुसार, कोभिड–१९ आँखाको प्रचलित बिमारी कन्जेक्टिभाइटिसका कारणले हुने गर्दछ । ३० प्रतिशत बिरामीहरुमा पनि यस्तो लक्षण पाइएको छ । जब आँखा सुन्निन्छ र रातो हुन्छ । कोरोना भाइरस श्वास नलीबाट पनि आँखासम्म पुग्न सक्छ र यस्तो स्थितिले बिमारीलाई अझ गम्भीर बनाइदिन्छ ।

अनुसन्धानकर्ताहरुका अनुसार, मधुमेह र उच्च रक्तचाप भएका बिरामीहरुमा एसीई–२ रिसेप्टर स्वस्थ मानिसहरुको तुलनामा अधिक पैदा हुने गर्दछ । त्यसैले उनीहरुलाई संक्रमणको खतरा पनि अधिक हुने गर्दछ ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्