Logo

निजी पेट्रोल पम्पलाई हप्तामा एकपटक मात्र आपूर्ति



काठमाडौँ, ४ जेठ । लकडाउनका कारण पेट्रोलियम पदार्थको कारोबार घटेपछि नेपाल आयल निगमले निजी क्षेत्रका बिक्रेतालाई हप्तामा एकपटक मात्र आपूर्तिको व्यवस्था गर्ने भएको छ ।

पेट्रोलियम पदार्थको कारोबार जम्मा ३० प्रतिशतमा झरेपछि सहकारी तथा सरकारी क्षेत्रबाट सञ्चालन भएका बिक्रेतालाई दैनिक र निजीलाई हप्ताको एकपटक आपूर्तिको व्यवस्था गर्ने भएको हो ।

निगमले कोरोना भाइरसको जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पेट्रोलियम पदार्थ ढुवानी गर्ने सवारीसाधनका चालक तथा सहचालकका साथै प्रत्येक ट्याङ्करलाई मानव बस्तीदेखि टाढा राख्ने प्रबन्ध मिलाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्